सन्धिखर्क १० को वडा कार्यालय सहित गयराती २ बिधालय र ३ घरमा चोरी :दराज टेबुल तोडफोड

| २०७८ पौष ९ गते १८: ३८ मा प्रकाशित

नमराज भुसाल,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० का बिभिन्न स्थानमा केहि दिन यता चोरको बिगबिगी रहेको छ। 

हिंजो राति मात्र सन्धिखर्क १० को वडा कार्यालय ,र मिनिकोट मा रहेको श्री विधा बिकास आधारभुत स्कुल, धरमपानीमा रहेको श्री आदर्श आधारभूत स्कुल लगायात धरमपानिका अन्य ३/४ घरमा चोरी भएको खबर प्राप्त भएको छ। 

सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मी नारायाण चुँदालिले अर्घाखाँची बुलेटिनलाई दिएको जानकारी अनुसार ,मिनिकोट मा रहेको श्री विधा बिकास आधारभुत स्कुलको कार्यालय तोड्फोड गरि चोरले २५ हजार नगद लागेको साथै सन्धिखर्क १० को वडा कार्यालय बाट ५,३५० र ५ वटा ताल्चा साथमा लागेको जानकारी दिनु भएको छ। 
 
यसै गरि धरमपानि को धर्मशाला निवासी रबि आचार्यको घर बाट ३५०० सय नगद ,अस्मिता आचार्यको घर बाट ७ हजार नगद र झन्डै एक झोला तरकारी,एक सेट मोबाइल ,२ वटा ताल्चा लागेको जानकारी आएको छ। 

धरमपानी निवासी नारायाण प्रसाद आचार्यको कोठाको ढोका तोडफोड गरि चोरले ताल्चा लागेको छ भने श्री आदर्श आधारभूत बिधालय को कार्यालय तोडफोड गरि ताल्चा मात्र लागेको वडा अध्यक्ष लक्ष्मी नारायाण चुँदालिले जानकारी दिनु भएको छ। 

एकै रातमा वडा का झन्डै ६/७ घर र कार्यालय ,बिधालय तोड्फोड गर्ने सक्रिय चोरि गिरोह भने अझै पत्ता लाग्न सकेको छैन। 

प्रतिक्रिया दिनुहोस्