सन्धिखर्क ६ मा वडामै याेजना सम्झौता

| २०७८ पौष १० गते ०५: ३५ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले वडामै पुगेर  याेजना सम्झौता कार्य शुरु गरेको छ । 

छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न नगरपालिकामा आउनु पर्ने झन्झटकाे अन्त्य गर्दै  आज वडा नम्बर ६ मा वडा कार्यलयमै पुगेर याेजना सम्झौता गरेकाे सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले  बताउनुभयाे ।

छिटोभन्दा छिटो  याेजना सम्पन्न गर्ने गरि आज वडा कार्यलयबाटै  याेजना सम्झौता गरिएको हाे । वडामै  याेजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,  अधिकृत छैठो जीवनारायण अाचार्य,  , याेजना शाखा प्रमुख  नारायण पाेख्रेल ,  लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे । 

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्यता ,  वडा अध्यक्ष कृष्णबहादुर अाचार्यकाे  अध्यक्षता र वडा सचिव  माेहन पुरीकाे सञ्चालनमा  सम्पन्न भएको कार्यक्रममा वडा सदस्य रमेश खड्का , मिना सुनार, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, उपभोक्ता समितिका  इन्द्रमणि न्याैपाने, पदम खत्री लगायतले मन्तब्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्