साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्धिखर्क ८ किमडाँडाकाे साधारण सभा सम्पन्न

| २०७८ पौष १० गते १७: २३ मा प्रकाशित

 अर्जुन भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालको प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. ८ कार्यवाहक वडा अध्यक्ष नारायण अर्याल,वडा सदस्य कमला सुनार, सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख नायण जिसी, शिक्षक हर्क बहादुर खत्री, पत्रकार अर्जुन भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख भुसालले सहकारीको माध्यमबाट मुलुकलाई समृद्धि बनाउन सकिने बताउनुभयाे । उहाँले उत्कृष्ट व्यवसायिक कृषि गर्नेलाई नगरपालिकाले प्राेत्साहन गर्ने भन्दै कृषकका समस्या समाधान गर्न आफूहरू लागि परेकाे बताउनुभयाे । उहाँले साना किसान कृषि सहकारीले कृषककाे हक हितका लागि प्रभावकारी काम गरेकाे बताउनुभयाे ।  

संस्थाका अध्यक्ष रमकला खत्रीले वार्षिक प्रतिवेदन,लेखा समिति सदस्य कमला केसीले आर्थिक प्रतिवेदन र कर्मचारी पुजा भट्टराईले लेखा परिक्षण प्रतिवेदन पेश गर्नुभयाे । कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई सम्मान समेत गरियाे । उत्कृष्ट गाइपालनतर्फ विष्णु पराजुली, तुल्सा पराजुली,कमला  बञ्जाडे, दुध बिक्रीतर्फ उमकला बञ्जाडे र बाख्रा पालनतर्फ रञ्जना भुसाल र ज्ञानु सापकोटा सम्मानित हुनु भएकाे हाे । यस्तै  एसइइमा ४ जिपिए ल्याएका सम्राट केसी र  धेरै सेयर हाले वापत उत्कृष्ट बाेनस पाउने देवकला खत्रीलाई समेत सम्मान गरिएकाे छ । 

कार्यक्रम संस्थाका अध्यक्ष रमकला खत्रीकाे अध्यक्षता, उपाध्यक्ष कमला बञ्जाडेकाे स्वागत मन्तव्य र प्रवन्धक शिला भुसाल मरासिनीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । संस्थाकाे निक्षेप १ कराेड ६ लाख ५ हजार ८ सय ५६ रहेकाे छ भने   सेयर  १२ लाख १० हजार ५ सय रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्