अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका ८ किमडाँडामा आधुनिक ढाका बुनाइ तालिम शुरु

| २०७८ पौष ११ गते १७: ४० मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका ८ किमडाँडामा आधुनिक ढाका बुनाइ तालिम शुरु भएको छ। 

लालि गुराँस महिला विकास बचत तथा ऋण सहकारी सस्थाकाे आयाेजना तथा सन्धिखर्क नगरपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाकाे सहकार्यमा ४५ दिने आधुनिक ढाका बुनाई तालिम शुरु भएको हाे । 

तालिमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले तालिममा सिकेको सिपलाई ब्यबहारमा उतारी आर्थिक उपार्जन गर्न सहभागीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , वडा नम्बर ८ का कार्यबाहक वडा अध्यक्ष नारायण प्रसाद अर्याल , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख बेलकुमारी परियार , नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य सामाजिक विकास समिति सदस्य शुस्मा श्रेष्ठ , वडा सदस्य देवी थापा, कमला सुनार, सहकारीका सल्लाहकार माया नेपाली,प्रशिक्षक बालकुमारी श्रेष्ठ  लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रम सहकारीका अध्यक्ष जानका बन्जाडेकाे अध्यक्षता , उपाध्यक्ष गिता थापाको स्वागत र सचिव माया पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्