सन्धिखर्कको गच्छेगैरा (पोखेडाँडा)की दुवै मिर्गौँला पिडित सिता बिकलाई उपचारमा आर्थिक अभाव

| २०७८ पौष १२ गते १५: १२ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा,सन्धिखर्क।अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वडा न. १० पोखेपोखेडाँडा  निबासी टिका बहादुर बि. क र सोनिया बि.ककी २६ बर्षिया छोरी सित बिकको मृगौंला उपचारमा आर्थिक अभाव परेको छ। 

मृगौला पिडित  सिता बिकको  घरको आर्थिक अवस्था अत्यन्तै दयनिया र नाजुक भएको कारण ले गर्दा औषधि उपचार को लागि आर्थिक संकट आईलागेको छ।२६ बर्षिया बिकका दुवै मृगौला फेल भएका छन्। निजको तुरुन्तै राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्रमा लगेर मिर्गौँला प्रत्यारोपण गर्ने अवस्था आएको छ,तर घर को आर्थिक स्थिति अत्यन्तै कम्जोर भएको कारण ले गर्दा मृगौला पिडित सितालाई काठमाण्डौ लैजान न सकेको घरपरिवार ले बताएका छन।

 

तसर्थ कृपया सहयोगी दाता र पिडित हरुको  सेवामा लागिरहनुभएका बिभिन्न संघ संस्थाहरुलाइ मिर्गौला पिडित लाई सिता बिकको मृगौला प्रत्यारोपणका लागि आ- आफ्नो ठाउँ बाट आफु सक्दो आर्थिक सहयोग गरिदिनुहुन् अर्घखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौँ। 
 
सम्पर्क नम्बर:- 

सीता बि. क . ( ९८४३२०२०३७ )
मृगौला दिने ब्याक्ती को नाम र सम्बन्ध सोनिया बि. क . ( आमा ) ( ९८४७१५७२४१ )

सहयोगको लागि :-

ग्लोबल आई . एम . ई बैंक
खाता न : - ४९०७०१०१८२२५६ 
खाता धनिको नाम : टीका बहादुर कामी 

प्रतिक्रिया दिनुहोस्