सन्धिखर्क ५ मा वडामै याेजना सम्झौता

| २०७८ पौष १२ गते १९: ३८ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क।
पुस १२- अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले वडामै पुगेर  याेजना सम्झौता कार्य शुरु गरेको छ । 

छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न नगरपालिकामा अाउनु पर्ने झन्झटकाे अन्त्य गर्दै अाज वडा नम्बर ५  मा वडा कार्यलयमै पुगेर याेजना सम्झौता गरेकाे हाे । 

वडामै  याेजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । नगरपालिकाले सबैभन्दा छिटो याेजना सम्पन्न गर्ने वडालाई पुरस्कृत गरिने शाखा अधिकृत मञ्जु खनालले बताउनुभयो ।

नगरपालिकाका शाखा अधिकृत मञ्जु खनाल , इन्जिनियर प्रमाेद केसी लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे । कार्यक्रम  वडा अध्यक्ष राजेन्द्र भुसालको अध्यक्षतामा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्