सन्धिखर्क ९ को अर्घा थेरवाङ्गमा सहयोग रकम हस्तान्तरण

| २०७८ पौष १५ गते १७: ३४ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। नगरपालिका वार्ड न ९ थेरवाङ्ग निवासि स्वर्गीय मिना थापाको किरिया खर्चका लागि रामलीला सामाजिक विकास केन्द्रले सहयोग गरेको छ । 

थापाको पौष ४ गते वेलुका माइती घर सन्धिखर्क ८ किमडाडामा निधन भएको थियोे । राम लीला सामाजिक विकास केन्द्रका आजीवन सदस्य राम बहादुर कुवर र लीला देवी कुवँरको संस्थागत फण्ड वाट रु २५ हजार संस्थाका अध्यक्ष  वावुराम भुसालले  हस्तान्तरण गर्नु भएको हाे । 

मृतक मिना थापाको नजिकैको घर परिवार कोहि नभएकोले १३ औं दिन सम्म हिन्दु पराम्परा अन्तरगत काजक्रिया लगाएतका कार्यक्र संचालन को लागि सहयोग पुगोस भन्ने उद्धेश्यले मिना थापा का १३ दिने  दाजुभाई तथा सामाजिक व्यक्ति भेष बहादुर थापा लाइ हस्तान्तरण गर्नु  भएको हाे । कार्यक्रममा सस्थाका सचीव नारायण बहादुर खत्री सामाजिक तथा राजनैतिक ब्यक्ति नारायण रायमाझी , तुल्सी राम रायमाझी ,कमल भुसाल ,गणेश भुसाल लगाएत का  ब्याक्तित्व को उपस्तिथि थियो ।

प्रतिक्रिया दिनुहोस्