अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं बाषिक साधारण सभा सम्पन्न

| २०७८ पौष १७ गते १७: ३७ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष १७ - जिल्लाको सन्धिखर्क नगरपालिका का सबै वडा हरुमा मात्रै कार्यक्षेत्र भएको यस्  सहकारी मा ६०१ शेयर सदस्य संख्या रहेको छ मासिक रुपमा प्रती शेयर सदस्य बाट  रु. १/१ हजार बचत जम्मा गर्दै आएको यो सहकारीको कुल चुक्ता पुजी रु.७८,१३००० हजार र शेयर रकम एक जना बराबर रु. १३००० हजार रहेको छ।सहकारीको कुल बचत संकलन रु.५८१३०८६६ रहेको छ गत आब.को बचत संकलन रु.४७६७९१२७ यस् बर्षको रु.१०४५१७३९ रहेकोमा  कर्जा लगानी तर्फ रु.५१७३८२५४ मध्ये ब्याबसाही कर्जा तर्फ रु. २१५०७९४६ छ भने कृषि तर्फ रु. २९२३५२०८ रहेको र सामन्य तर्फ भने रु.९९५००० रहेको उल्लेख गरिएको थियो ।

जिल्लाको पाणिनि बहुमुखी क्याम्पस मा सम्पन्न साधारण सभामा सन्धिखर्क नगरपालिका सहकारी शाखा का प्रमुख अधिकृत जिबनारायण आचार्य ,जिल्ला बचत संघ सचीव तथा साथी सहकारीका अध्यक्ष धर्मराज भुसाल , त्रिबेणि सहकारी संस्था का अध्यक्ष कमल प्रसाद घिमिरे ,शिलशिला बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष माधब राज चुदाली,सुर्योदय सहकारी संस्था कि अध्यक्ष शुशिला भुसाल  लगायतको उपस्थित रहेको थियो।

साधारण सभामा शेयर सदस्य मध्ये बाट ७० बर्ष उमेर पुगेका दुई जना जेष्ठ सदस्य हरु जगन्नाथ भुसाल र ठाकुर ढकाल लाई सम्मान गर्नु का साथै सहकारी सदस्य मध्ये बाट एस इ इ मा उत्कृष्ट जिपिए ल्याउने संस्थागत तथा सामुदायिक तर्फका तीन जना विद्यार्थीका अबिभाबक हरुलाइ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो सो साधारण सभामा सनपा ४ का असाहय  ७ बर्शिया बालक लाई रु.५००० आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।

साधारण सभामा जिबनाराण आचार्य ,धर्मराज भुसाल कमल प्रसाद घिमिरे ,माधबराज चुदाली,शुशिला भुसाल लगायत का अतिथि हरुले शुभकामना मन्तव्य ब्याक्त गर्नु का साथै पुरुष शेयर सदस्य को तर्फ बाट पशुपति ढकाल, महिला सदस्यको  तर्फ बाट मन्जु घिमिरे पौडेल तथा युबा  सदस्यको तर्फ बाट धर्मेन्द्र बिक ले धन्यवाद ब्याक्त गरेका थिए ।उक्त साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको साङाठनीक प्रतिबेदन तथा लेखा समितिको प्रतिबेदन सर्बसम्मत पास भएको थियो ।

 संस्थाका अध्यक्ष द्रोण प्रसाद भुसाल को अध्यक्षता उपाध्यक्ष बाबुराम शर्माको स्वागत तथा सचीव बिष्णु प्रसाद बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्