सन्धिखर्क १० को गच्छे गहिरामा रहेको अरनिको आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

| २०७८ पौष २० गते १७: २८ मा प्रकाशित

कमला पाेख्रेल,अर्घाखाँची।
 २० पुष - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा रहेको अरनिको आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौ नमस्ते स्प्रींग र लायन्स क्लब अफ काठमाण्डौ सुपा देउरालीले अरनिको आधारभुत विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 

शैक्षिक सामाग्री वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताए । विद्यालयमा अध्यन गर्ने विद्यार्थीको लागि झोला, कापी र कलम वितरण गरिएको लायन्स क्लबका नारायण क्षेत्रीले बताएका छन्  । 

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष लक्ष्मी नारायण चुँदाली, सन्धिखर्क नगरपालिकाका शिक्षा शाखा प्रमुख मञ्जु आचार्य, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, वडा सदस्यहरु शान्ता नेपाली, चमकला भुसाल, ऋषिकेस भुसाल, वडा सचिव विष्णु प्रसाद भुसाल, नगरपालिकाका कर्मचारी सीता विसऊ,  विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नन्दबहादुर आचार्य ,लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम लायन्स कलबका दल बहादुर केसीको अध्यक्षता, अरनिको आधारभुत विद्यालयका शिक्षक विष्णुबहादुर घर्तीको स्वागत मन्तब्य र शिक्षक सुदर्शन भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्