जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक कार्यालयको आयोजनामा नि:शुल्क स्वास्थ सिविर

| २०७८ पौष २० गते १९: ०१ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा सवारी चालक र सह चालकहरुको नि:शुल्क स्वास्थ परिक्षण गरिएको छ ।

मंगलबार सन्धिखर्क नगरपालिका वडा न. १ स्थिति नयाँ बसपार्कमा आयोजित स्वास्थ शिबिरमा १ सय भन्दा बढी चालक तथा सहचालक सहभागि भएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले सवारी साधनको समय समयमा चेक जाँच गरेजस्तै चालक सहचालकको पनि समयसमयमा स्वास्थ परिक्षण गर्नुपर्ने बताए । उनले यात्रुहरुको जिवन चालकको हातमा हुने भन्दै चालकहरु अनुशासित हुन जरुरी रहेको बताए ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा, ईश्वरि बक्स गुल्मका गुल्मपति आदित्य शिलवाल, शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेत, सन्धिखर्क नगरपालिका वडा न.१ का वडा अध्यक्ष युबराज बन्जाडे, वडा न.२ का वडा अध्यक्ष मोतिजङ रायमाझी, आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरे, अर्घाखाँची अस्पतालका स्वास्थकर्मीहरु अशोक चौहान, कृष्ण मुखिया, बसपार्क टोलसुधार समितिका अध्यक्ष गोपाल श्रेष्ठ, पश्चिम नेपाल बस प्रा. लि का शाखा प्रमुख कमल प्रसाद भट्टराई, देउराली जिप प्रालीका प्रतिनिधि डिलाराम बन्जाडे, ट्याक्सी समितिका अध्यक्ष महेन्द्र भुसाल, पत्रकार जितेन्द्र खत्री तथा हलिम खान लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष द्वय युबराज बन्जाडे, मोतिजङ रायमाझी,अँखा अस्पतालका प्रमुख शागर घिमिरे, जिप समितिका अध्यक्ष महेन्द्र कुमार भुसाल पश्चिम नेपाल बस प्रालिका चालक गिरिराज पौडेल लगायतले चालक तथा सहचालकहरुको नि:शुल्क स्वास्थ परिक्षण गरिएकोमा धन्यवाद दिए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापाको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन जिल्ला ट्राफिक कार्यलयका प्रमुख प्रनानि प्रबीण आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्