सन्धिखर्क नगरपालिकाद्वारा भद्रीखोलाका वादी परिवारलाई साेलार वितरण

| २०७८ पौष २० गते १९: २१ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क।
 २० पुस- सन्धिखर्क नगरपालिकाले वडा नम्बर २ का वादी समुदायलाई साेलार बत्ती वितरण गरेको छ । 

वडा नम्बर २ काे भद्री खाेलामा रहेका १३ वादी घर परिवारलाई आज एक कार्यक्रमका बिच नगर प्रमुख कमल प्रसाद भुसालले  निशुल्क साेलार वितरण गर्नुभएको हाे । 

साेलार वितरण गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले वादी समुदायको उत्थानमा नगरपालिकाले काम गरिरहेको बताउनु भयो । उहाँले वादी समुदायलाई निशुल्क घर बनाइदिएकाे बताउदै खानेपानीकाे ब्यबस्थापन गर्न  तथा जिवनस्तर उकास्न नगरपालिकाले काम गरिरहेको बताउनुभयाे । 

कार्यक्रममा वडा अध्यक्ष माेतिजंग रायमाझीले वडा भित्र रहेका वादी समुदायको ब्यबस्थित बसाेबास निर्माणमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो । 
कार्यक्रममा वडा सदस्य यमलाल पाैडेल, नगरपालिका याेजना शाखाका नारायण पाेख्रेल, सीता विसी, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, स्थानीय मधु वादी लगायतकाे उपस्थितिमा साेलार बत्ती वितरण गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्