युवा व्यवसायी, नेकपा एमालेका नेता कृष्णप्रसाद श्रेष्ठ द्वारा तुम्काेटको बाल आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण

| २०७८ पौष २० गते १९: २७ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। नेकपा एमालेका नेता तथा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्यसामाजिक राजनीति शैक्षिक ब्यक्ति  कृष्णप्रसाद श्रेष्ठ  सन्धिखर्क १ तुम्काेट स्थित बाल आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण गर्नुभएकाे छ ।

 विद्यालयमा आयाेजित एक कार्यक्रमका बीच उहाँले ५६ विद्यार्थीलाई सुइटर र टाेपी हस्तान्तरण गर्नुभएकाे हाे । कार्यक्रममा नेपाल रेडक्रस साेसाइटीका लुम्बिनी प्रदेश अध्यक्ष शम्भु पाेखरेल, सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बञ्जाडे, २ का वडा अध्यक्ष माेतिजङ्ग रायमाझी, प्रेस चाैतारीका केन्द्रीय सदस्य अर्जुन भुसाल लगायतकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बस्यालकाे अध्यक्षता, सन्धिखर्क १ का वडा सदस्य तथा स्थानीय लक्ष्मण पराजुलीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । 

श्रेष्ठले सन्धिखर्क १ बाट सुरू गरिएकाे सेवाकाे अभियानलाई आवश्यकता अनुसार अन्यत्र पनि लैजाने बताउनुभयाे । उहाँले गरिव, दलित विपन्न परिवारका विद्यार्थीले जाडाे याममा कष्टकर जीवन बिताउन पर्ने हुँदा राहत स्वरूप कपडा वितरण गरिएकाे बताउनुभयाे । विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनालले समाजसेवी श्रेष्ठले कपडा उपलब्ध गराएर विद्यार्थी तथा अभिभावकलाई हाैसला प्रदान गरेकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्