सन्धिखर्क ४ मा वडामै याेजना सम्झौता

| २०७८ पौष २४ गते १३: ५० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले वडा नम्बर ४ काे वडा कार्यलयमै  पुगेर  याेजना सम्झौता गरेको छ ।
 
छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न नगरपालिकामा अाउनु पर्ने झन्झटकाे अन्त्य गर्दै आज वडा नम्बर ४ मा वडा कार्यलयमै पुगेर याेजना सम्झौता गरेकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनुभयो । उहाँले छिटो छरितो याेजनाकाे काम सम्पन्न गर्ने वडालाई नगरपालिकाबाट पुरस्कृत गरिने बताउनुभयो । 

याेजना सम्झाैता अनुसार काम सम्पन्न गरेर रकम भुक्तानी पनि वडाबाटनै गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , शाखा अधिकृत मञ्जु खनाल ,  याेजना शाखा प्रमुख  नारायण पाेख्रेल , प्राबिधिक हरि बाेहरा, लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे । वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठकाे अध्यक्षता र वडा सचिव संगिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य हुमलाल श्रेष्ठ , उमानन्द अधिकारी , उपभोक्ता समितिका अध्यक्षहरु खिमराज श्रेष्ठ, थम्मन बहादुर रिजाल , ध्रुब बस्नेत लगायतको उपस्थिति रहेको थियोे।

प्रतिक्रिया दिनुहोस्