साथी सहकारी अर्घाखाँचीको अध्यक्षमा प्रकाश भुसाल निर्वाचित

| २०७८ पौष २४ गते १८: ११ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।साथी सहकारीको अध्यक्षमा प्रकाश भुसाल निर्वाचित हुनु भएको छ । 

आज भएको सहकारीको नवौँ अधिवेशनले प्रकाश भुसालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक द्रोण प्रसाद भुसालले बताउनु भयो ।जसको उपाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ , र सञ्चालक समितिको सदस्यमा काजअं श्रेष्ठ , केशव घिमिरे ,डिलाराम भुसाल , नेत्रप्रसाद भुसाल , विमला केसी , मञ्जु आचार्य र ललिता पाण्डे रहनु भएको छ । 

लेखा समितिको संयोजक विष्णुप्रसाद बन्जाडे र सदस्यहरुमा निराजन बस्याल र शान्ता पाैडेल रहेका छन् । अधिवेशनको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्