सन्धिखर्कको वडा नम्वर ८ र ११ मा मेलमिलाप केन्द्र स्थापना

| २०७८ पौष २८ गते १८: १६ मा प्रकाशित

कमला पोख्रेल,सन्धिखर्क। 
२८ पुष - सन्धिखर्क नगरपालिकाको वडा नम्बर ८ र ११ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । 
मेलमिलाप केन्द्रको स्थापना गर्दै  नगर उप प्रमुख तथा न्यायिक समितिका संयोजक ठाकुर कुमार विकले  साना तिना झैझगडा मेलमिलापको माध्यमबाट गाउँमै मिलाउन आग्रह गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दुबै पक्षका ब्यmिहरुलाई छलफलमा राखेर मेलमिलापको माध्यमबाट झगडाहरु मिलाउन आग्रह गर्नु भयो । 
कार्यक्रममा न्यायिक समितिका सदस्य  आशा परियार , अधिकृत छैठौ जीवनारायण आचार्य , पत्रकार माहासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य  लगायतको उपस्थिति रहेको थियोे ।

वडा नम्बर ८ को कार्यक्रम कार्यबहाक वडा अध्यक्ष नारायण प्रसाद अर्याल, नगरपालिका योजना शाखाका नारायण पोख्रेल,  लगायतको उपस्थिति रहेको थियोे ।
वडा नम्बर ११ को कार्यक्रममा वडा अध्यक्ष धु्रबराज आचार्य, तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्