पाणिनि वेद विद्याश्रममा अक्षयकोष स्थापना

| २०७८ माघ ११ गते १८: १८ मा प्रकाशित

कमला पाेख्रेल ,सन्धिखर्क।
 ११ माघ - अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर १ सन्धिखर्क निवासी समाजसेवी तथा शिक्षा प्रेमी  नेत्रप्रसाद भट्टराईले स्वर्गीय श्रीमतीको नाममा अक्षयकोष स्थापना गर्नु भएको छ । 

स्वर्गीय श्रीमती सावित्रादेवी भट्टराईको नाममा सन्धिखर्कमा रहेको पाणिनि वेद विद्याश्रममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको हाे । 
वार्षिक पुण्य तिथिकाे अबसरमा आज एक कार्यक्रम गरि अक्षयकोषका कागजातहरु  नेत्रप्रसाद भट्टराईले पाणिनि वेद विद्याश्रमका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भुसाललाई हस्तान्तरण गर्नु भएको छ । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , पाणिनि वेद विद्याश्रमका सस्थापक प्रधनाध्यापक केशवानन्द मरासिनी , नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी , प्राध्यापक माधवराज चुँदाली, वेद विद्याश्रमका प्रधनाध्यापक भेसराज चुँदाली, पंडित , विष्णुप्रसाद आचार्य, चिरञ्जीवी पाैडेल, सुमन्त प्रसाद पाेख्रेल, पुरुषाेत्तम पाैडेल,  पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य,  महिला नेतृ  छमा कार्की, वेद विद्याश्रम व्यवस्थापन समितिका सदस्यहरु विनिराम चुँदाली, लक्ष्मी श्रेष्ठ , वसन्ता पाैडेल, पवित्रा सापकोटा ,  लगायतको उपस्थिति रहेको थियोे । 

अक्षयकोषकाे व्याजबनट वेद विद्याश्रममा अध्यन गर्ने बटुकहरुकाे खाद्य ब्यबस्थापनमा खर्च हुने अक्षयकोष दाता भट्टराईले बताउनु भयाे । समाजसेवी नेत्रप्रसाद भट्टराईका ४ छाेरी र १ छाेरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्