सन्धिखर्क १ मा १७ जना नेपाली कांग्रेसमा प्रबेश

| २०७८ फागुन १६ गते २०: ५२ मा प्रकाशित

कमला पोख्रेल,सन्धिखर्क।
 १६ फागुन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा विभिन्न पाटी परित्याग गरी १७ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । 

नेपाली कांग्रेसमा प्रबेश गर्ने भोला नेपाली, महेन्द्र नेपाली, ध्रुब नेपाली, चोपलाल नेपाली, अशोक नेपाली, चमबहादुर नेपाली,प्रकाश नेपाली, प्रेम नेपाली, मिना नेपाली, शान्त नेपाली, जमुना सुनार, भिमा सुनार, सिता बिक, कोमल बिक, रनबहादुर बिक, अमृत बिक , सागर नेपालीलाई नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी र नगर सभापति बाबुराम भुसालले पाटीमा स्वागत गर्नु भएको हो । 

टोलबस्तीमा जाऊँ, बैसाख ३० हूने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार लाई जिताऊ ,अभियान अन्तर्गत आज स .न.पा १   तुम्कोट, डाँडागाउँ ओख्रे टोल समटीने गरी राम्जी कुवर  को सभापतीत्वमा १५  सदस्यीय टोल कमिटी गठन गरीएको छ । 

कार्यक्रममा प्रदेश सदस्य शान्ता भण्डारी, महाधिबेशन प्रतिनिधि छमा कार्की, नगर सभापति बाबुराम भुसाल, क्षेत्रीय प्रतिनिधि सुवास श्रेष्ठ, विश्व भण्डारी, तारा बस्याल, ठाकुर श्रेष्ठ, छविलाल आचार्य, तिलक श्रेष्ठ, मिरा नेपाली, रन्जित श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली कांग्रेसका वडा सभापति माधब श्रेष्ठको सभापतित्व, सिता पराजुलीको स्वागत मन्तब्य र प्रदेश प्रतिनिधि युवराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्