भूमि आयोग र सन्धिखर्क नगरपालिका बिच सम्झौता

| २०७८ फागुन १८ गते १५: ४८ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
१८ फागुन - सन्धिखर्क नगरपालिकामा भएको भूमि सम्बन्धि समस्या समाधान गर्न  राष्ट्रिय भूमि आयोगमा आयोग र नगरपालिका बिच सम्झौता भएको छ । 

भूमि आयोग काठमाण्डौमा आयोगका सदस्य बासुदेव बास्तोला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । 

भूमिहिन तथा सुकुम्वासी र अब्यबस्थित बसोबासको समस्या समाधान गर्न  यो सम्झौता गरिएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, योजना शाखाका नारायण पोख्रेल, प्राविधिक हरि बोहरा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्