सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सन्धिखर्कमा शुरु

| २०७८ फागुन १८ गते २१: २१ मा प्रकाशित

प्रेमनारायण आचार्य, सन्धिखर्क।
 १८ फागुन - सार्वजनिक खरिद अनुगमन कार्यालय एकीकृत वित्तीय व्यवस्थापन सुधार आयोजना काठमाडाको आयोजनामा सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सन्धिखर्कमा शुरु भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय र सनिधखर्क नगरपालिकाको समन्वयमा शुरु भएको तालिमको जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माले एक कार्यक्रमका बिच उद्धाटन गर्नु भएको हो । 

तालिममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, लेखा प्रमुख तथा जिन्सि शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।कोष नियन्त्रक दिपक अधिकारीको सभापतित्व र सार्वजनिक खरिद कार्यलयका निर्देशक सुवास चन्द्र सिवाकाटीको सञ्चालनमा सम्पन्न भएको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयका प्रमुख विष्णु भण्डारी, सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्