सन्धिखर्क २ को प्रगतिबजारमा (एमाले) को टोल अधिवेशन सम्पन्न

| २०७८ फागुन २१ गते १९: ५३ मा प्रकाशित

अर्घाखाँची। नेकपा (एमाले) सन्धिखर्क-२ को प्रगतीबजार टोल कमिटीको दोस्रो अधिवेशन कमरेड रेशम भुसालको अध्यक्षतामा सम्पन्न भयो । अधिवेशनले लोकमणी आचार्यको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटीको गठन गरेको छ । 

उक्त अधिवेशनमा प्रदेश कमिटी सदस्य कमरेड के. बि. भुसालको प्रमुख आतिथ्य  रहेको थियो भने पार्टी जिल्ला कमिटी सदस्य तथा प्रदेश निर्वाचन क्षेत्रीय कमिटीका सम्योजक कमरेड रामचन्द्र पोख्रेल, पार्टी जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर कमिटीका सह-इन्चार्ज कमरेड मोतिजङ्ग रायमाझी, सन्धिखर्क नगर कमिटी अध्यक्ष कमरेड श्रीकृष्ण भुसाल, जिल्ला कमिटी सदस्य कमरेडहरु शुष्मा श्रेष्ठ, देवी थापा भुसाल, योगेन्द्र खड्का, नगर कमिटी सचिवालय सदस्य कमरेड लेखनाथ भुसाल, वडा कमिटी अध्यक्ष कमरेड  नारायण खड्का, वडा कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरुको आतिथ्य रहेको थियो । 

कार्यक्रममा कमरेड के. बि. भुसाल, रामचन्द्र पोख्रेल, मोतिजङ्ग रायमाझी, श्रीकृष्ण भुसाल, शुष्मा श्रेष्ठ र देवी थापा भुसालले सम्बोधन गर्नुभएको थोयो । उक्त कार्यक्रमको संचालन वडा कमिटी सचिवालय सदस्य तथा टोल इन्चार्ज कमरेड उमा बन्जाडेले गर्नुभएको थियो भने कार्यक्रममा वडा कमिटी उप-सचिव कमरेड पबित्रा सापकोटाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्