नेपाल निजामति कर्मचारी संगठन अर्घाखाँचीको ११ औं जिल्ला अधिवेशन सन्खिर्कमा सम्पन्न

| २०७८ फागुन २१ गते २०: १० मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। अधिवेशनले गणेश भण्डारी अध्यक्ष रहेको नयाँ कार्य समितिको चयन गरेको छ । जसकाे उपाध्यक्षमा हरिस्चन्द्र पाण्डे , तुलसा श्रेष्ठ ,सचिव पशुपति खनाल , सहसचिव सुवर्ण खनाल र काेषाध्यक्ष सालिक गैरे लगायतका रहेका छन् ।

केन्द्रीय प्रतिनिधि डिलकुमार केसी , नरेन्द्र पराजुली , शिला पाेख्रेल, लालमणि खनाल , हरि प्रसाद डुम्रे निर्वाचित भएका छन्।
अधिवेशनको नेकपा एमालेका केन्द्रीय सचिब टोपबहादुर रायमाझीले उद्घाटन गर्दै   मुलुकको राजनिति, धुब्रिकरण र संक्रमणकालीन अबस्थाबाट गुज्रिरहेको बताए ।   

नेपाल जिजामति कर्मचारी संगठनका अध्यक्ष शिला पोख्रेलको अध्यक्षता,हरीषचन्द्र पाण्डेको स्वागत मनतब्य र गणेश भण्डारीको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रमा संगठनका राष्ट्रिय अधिवेशन आयोजक कमिटिका उपाध्यक्ष दधिराम मरासिनि,एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाल,संगठनका अर्घाखाँची गुल्मी इन्चार्ज कबिसिंह कठायत,केन्द्रीय सदस्य कासीराम आचार्य,नारायण भण्डारी,बलराम मिश्र,सिबिए केन्द्रीय सदस्य मंगलदेब  पन्त,प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरे  लगायतले अधिवेशन सफलताको शुभकामना मनतब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्