राष्ट्रिय तेक्वान्दो नेपाल अर्घाखाँचीद्वारा तेक्वान्दो प्रतियोगिता

| २०७८ फागुन २२ गते १६: ५२ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। स्वास्थ का लागी खेलकुद ,रास्ट्रका लागी खेलकुद भन्ने मुलनारा का साथ रास्ट्रिय तेक्वान्दो नेपाल अर्घाखाँचीले तेक्वान्दो प्रतियोगिता को आयोजना गरेको छ।
 
सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता शुरु भएको कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा , शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन इस्वरी बकस गुल्म म्यालपोखरी का सह सेनानी किरण पुडासैनी सन्धिखर्क नगरपालिका वडा न. १ का वडा अध्यक्ष युबराज बन्जाडे वडा न.२ का वडा अध्यक्ष  मोतिजङ रायमाझी लगायत खेलकुद सम्बन्धि विभिन्न बिदाका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।

 अथितिहरु 

अर्घाखाँची  तेक्वान्दो नेपाल का सदस्य  ठाकुर सुनारको स्वागत मन्तव्य मा शुरु उदघाटन कार्यक्रम मा नगरप्रमुख कमल प्रसाद भुसाल , प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे वडा न. २ का वडा अध्यक्ष मोतीजङ रायमाझी वडा न.१ का वडा अध्यक्ष युबराज बन्जाडे , जिल्ला खेलकुद समिति का कार्यलय सचीव जनक गैरे क्रीकेट संघ अर्घाखाँची का अध्यक्ष ऋषि भट्टराई नेपाल पत्रकार महासंघ अर्घाखाँची का अध्यक्ष अशोक खनाल ले शुभकामना मन्तब्य राखेका थिए ।

सन्धिखर्क नगरपालिका वडा न.१ र २ को  संयुक्त आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम को अध्यक्षता तेक्वान्दो अर्घाखाँची का अध्यक्ष बिष्णु परियार र सहसचिव मनिष सिंह को संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्