सन्धिखर्क नगरपालिका ४ को वडा कार्यलय भवन तथा सभाहलको उद्घाटन

| २०७८ फागुन २३ गते १९: ३० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।सन्धिखर्क नगरपालिका-४ को वडा कार्यलय भवन तथा सभाहलको उद्धाटन गरिएको छ। सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सभाहलको जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा र वडा कार्यालय भवनको नगर प्रमुख कमलप्रसाद भुसालले उद्धाटन गरेका हुन्।

वडा कार्यालय भवन निर्माण गर्न नि:शुल्क जग्गा दान गर्नुहुने जग्गादाता सिद्धिप्रसाद भट्टराई, तारा भट्टराईलगायतलाई सम्मानपत्र, दोसल्ला, फुलमाला र अबीरले सम्मान गरिएको छ। सोही कार्यक्रममा भवन निर्माण गर्ने अर्घाखाँची पुस्पा जेभीका कृष्ण बस्याललाई पनि दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ।  

१ करोड ३७ लाख ५ हजारको लागतमा वडा कार्यालय भवनको निर्माण भएको हो। कार्यकर्मको उद्धाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माले विकास निर्माणका काममा स्थानीयले निगरानी गर्नुपर्ने बताए। उनले जनप्रतिनिधिहरु सबैको साझा ब्यक्ति भएकाले सोही अनुसार काम गर्नु पर्ने बताएका छन्। 

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले जनताको घरदैलोमा सिंहदरबारको नारालाई सार्थकता दिने गरी नगरपालिकाले काम गरिररहेको बताए। कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार निर्माणका कामहरुलाईसंगै लगेको बताउदै जनताले देखिनेगरी सन्धिखर्क नगरपालिकामा काम भैरहेको बताए।

प्रतिक्रिया दिनुहोस्