नेकपा एमाले अर्घाखाँचीको सदस्यता अध्यावधिक सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

| २०७८ फागुन २८ गते १९: ११ मा प्रकाशित

अर्घाखाँची ।नेकपा (एमाले) जिल्ला संगठन बिभाग, अर्घाखाँचीद्वारा अनलाइन माध्यमबाट पार्टी सदस्यता अध्यावधिक सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । 

जिल्ला संगठन विभाग प्रमुख लिल बहादुर वि.क.काे अध्यक्षता, उपप्रमुख कमल घिमिरेकाे संचालन, पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सदस्य लक्ष्मण नेपाली, ओमप्रकाश भुसाल, लाेकतान्त्रिक अपांग संगठनका प्रदेश काेषाध्यक्ष फर्सुराम पाण्डेकाे आतिथ्यतामा सम्पन्न भएकाे हो । 

कार्यक्रममा लिल बहादुर वि.क., विशाल महत र कमल घिमिरेले सहजिकरण रहेको, कार्यक्रममा प्रमुख अतिथि पीताम्बर भुसालले अनलाईन माध्यमबाट पार्टी सदस्यता समयमै अध्यावधिक गर्न र पार्टी संगठनलाई चुस्त दुरूस्त पार्न निर्देशन दिएका थिए ।

 कार्यक्रममा ६१ वटा वडा बाट आएका ब्यक्तिहरूलाई सुचना प्रविधि सम्बन्धि अभिमुखीकरण गराइ सबै पार्टी सदस्यहरूकाे कार्ड अनलाइन माध्यमबाट १ महिना भित्र अध्याविक गरिने  नेकपा एमाले अर्घाखाँचीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्