टाेपबहादुर रायमाझीकाे गृह वार्डकाे साविक एउटा वार्डमा एमाले शून्य

| २०७८ फागुन २९ गते १३: ३१ मा प्रकाशित

अर्घाखाँची। प्रतिनिधि सभाका पुर्व सांसद तथा पुर्व उपप्रधानमन्त्री टाेप वहादुर रायमाझीकाे गृह वार्ड सन्धिखर्क नगरपालिका वडा नं ९ काे साविक वडा नं ८ काे घर्तिखाेर, हिले, गाल्याउने र दिप मा ने.क.पा एमाले काे पार्टी सदस्य शुन्य भएकाे छ । 

आज उक्त टाेलमा ने.क.पा (माओवादी केन्द्र) काे टाेल कमिटि तथा सेल कमिटि गठन गर्नकाे लागि गरिएकाे भेलामा टाेप वहादुर रायमाझीलाई यहीँ ठाउँबाट पटक पटक जिताएर मन्त्री सम्म बनाएर आज पार्टिलाई गद्दार गर्दै अवसरकाे पछि लाग्ने र आगामि दिनहरुमा पनि अवसरकाे लागि जुन पार्टीमा पनि पर्वेश गर्ने हुदा उहालाई साथ दिन नसक्ने र सबै स्थानियहरुकाे एकमत निर्णय अनुसार माओवादी केन्द्र मा नै रहेर पार्टीलाई थप बलियाे बनाउने कुरा गर्दै टाेप वहादुर रायमाझी संग हामी स्थानिय नेता कार्यकर्ताहरु बराबरको सैद्धान्तिक ज्ञान नभएकाे समेत बताएका थिय । आगामि चुनावमा टाेप वहादुर रायमाझी जस्ता अवसरवादि नेतालाई हराउन जस्ताे सुकै परिस्थिति संग सामना गर्ने पनि स्थानीयहरुकाे जिकिर रहेकाे थियाे । 

उक्त भेलाबाट ओम वहादुर खड्काकाे अध्यक्षतामा २१ सदस्यीय टाेल कमिटि गठन भएकाे थियाे जसकाे सचिव उजेला भुसाल रहनु भएकाे थियाे भने २ वटा १५/१५ सदस्यीय सेल कमिटि गठन भएकाे थियाे । जसमध्ये 
घर्तिखाेर सेल कमिटि ठाकुर प्रसाद खड्काको अध्यक्षतामा र हिले गाेल्याउने सेल कमिटि कमल भुसालकाे अध्यक्षतामा गठन गरिएकाे थिय । 

कार्यक्रम पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयाेजक ठाकुर कुमार वि.क, प्रदेश सदस्य तथा सन्धिखर्क नगर कमिटि अध्यक्ष राजेन्द्र भुसालकाे विशिष्ट आतिथ्यता, नगर कमिटि सह सचिव काजिमान रायमाझी, नगर कमिटि सदस्य चिरञ्जीवी भुसाल, अमर परियार, जिवलाल भसाल, भुमिकास्थान नगर कमिटी सदस्य तिलक बन्जाडे काे उपस्थिति थियाे भने कार्यक्रमकाे अध्यक्षता वडा कमिटि अध्यक्ष बेदुराम भुसालले गर्नु भएकाे थियाे भने संचालन सचिव वसन्त वि.क ले गर्नु भएकाे थियाे । भेलाले उक्त टाेलमा पाेम वहादुर भुसालकाे संयोजकत्वमा 11 सदस्यीय युवा परिचालन समिति गठन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्