दलित आन्दाेलनका कारण जनयुद्ध सफल भयाे : नगर अध्यक्ष राजेन्द्र भुसाल

| २०७८ फागुन २९ गते २३: ०० मा प्रकाशित

बाबुराम रसाइली,अर्घाखाँची। 
२९ फागुन- नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति माेर्चाकाे दाेस्राे सन्धिखर्क नगर सम्मेलनमा सम्बाेधन गर्दै नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य तथा सन्धिखर्क नगर अध्यक्ष राजेन्द्र प्रसाद भुसालले यस्ताे बताएका छन् । 

२०५२ सालमा जनयुद्धको सुरुवात भएसंगै हालसम्म आउदा थुप्रै परिवर्तनहरु भएका छन् । जनयुद्धले नेपाली उत्पिडित जनको लागि आशाको नयाँ किरण छरेको थियो । नेपालको सन्दर्भमा सबैभन्दा धेरै उत्पीडनमा पारिएको, हेपिएको र विभिन्न  श्रीङ्खलाहरुबाट थिचिएको समुदाय भनेको दलित समुदाय थियाे । यो समुदायको मुद्वालाई आज सम्म कुनै पनि राजनीतिक पार्टीहरुले मुख्य मुद्दाको रुपमा उठाउन सकेका छैनन् तर माओवादी पार्टिले जनयुद्धका दौरान मानिसले मानिसमाथी जातकै कारण गरिने उत्पीडन र अत्याचारका विरुद्व आगो ओकल्यो । माओवादी जनयुद्वका मुख्य मुद्वाहरु मध्येको एउटा मुद्दा `उपेक्षित, उत्पिडित दलित समुदायको पुर्ण मुक्ती र बिशेषाधिकार´ पनि थियो ।

 जनयुद्धको नेतृत्व गरिरहेको माओवादीले दलित मुक्तिको सवाललाई जब पेचिलो बनाउदै लग्यो तब दलित समुदायका युवा युवतीहरु ठुलो संख्यामा जनयुद्धमा सामेल भए र आफ्नो समुदायको तर्फबाट बलिदानको कोटा चुक्ता गरे । दलित तथा उत्पिडनमा परेका समुदायको अभुतपुर्व त्याग, तपस्या र बलिदानको जगमा माओवादी आन्दोलनले अपेक्षाकृत उचाई हासिल हुन पुग्याे 'उनले भने' । उक्त सम्मेलनमा  अध्यक्ष भुसालले दलित समुदायलाई स्थानीय तह देखि केन्द्र तह सम्म सबै प्रकारका निर्वाचनमा अनिवार्य दलितकाे प्रतिनिधि गराउने माओवादी केन्द्र पहिलाे पार्टी भएकाे समेत जिकिर गरेका छन् ।

 तत्कालिन माओवादी केन्द्रबाट मनग्य अवसर लिई अन्य पार्टीमा विलय भएका भगाैटेहरुले गाउँ-गाउँ पुगेर साेझासाझा जनतालाई झुट्टा आश्वासन देखाई पार्टी प्रवेश गराउने देखि लिएर विचलित समेत गराउने कार्य भएकाले त्यस्ता झुट्टा आश्वासनका पछाडि नलागि जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टी नछाड्न सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् । अध्यक्ष भुसालले आज सम्पन्न नेपाल दलित मुक्ति मोर्चाकाे दास्राे सन्धिखर्क नगर सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्