प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न एमाले तयार छ: आचार्य

| २०७८ चैत ३ गते ०१: १६ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमाले प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न एक्लै अब्बल  रहेको वताउनु भएको छ ।

नेकपा एमाले सन्धिखर्क-८ द्वारा आयोजित पार्टी प्रवेश तथा टोल कमिटी गठन कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको अविजित यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभयो । 

लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका आचार्यले मुलुकको समृद्धि र बिकासको लागि जनताले नेकपा एमालेलाई बलियो साथ दिएको भन्दै  आसन्न निर्वाचनमा एमालेले भारी बहुमत ल्याउने दावी समेत गर्नुभयो । 

नेकपा एमाले ८ नं. वडा कमिटीका अध्यक्ष दिपक सुनारको अध्यक्षता,उपाध्यक्ष सुमन के.सी.को स्वागत मन्तव्य र उपसचिव शीला भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला लेखापरीक्षण कमिटीका उपाध्यक्ष नारायण अर्याल , एमाले जिल्ला कमिटीका सदस्य द्वय कमल भट्टराई ,देवी थापा,नगर कमिटीका सचिवालय सदस्य धर्म पराजुली ,नगर कमिटी सदस्य तुल्सी भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा खिम बहादुर रानाको अध्यक्षतामा ३७ र धर्म थापाको अध्यक्षतामा ३१ सदस्यीय अलग अलग टोल कमिटी निर्माण गर्नुका साथै नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुहुने १० जनालाई पार्टीमा स्वागत गरिएको एमाले प्रचार विभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्