आशा अपाङ्ग केन्द्रको गुल्मीको सहयोगमा बालबालिकालाई सहयोगी सामाग्री हस्तान्तरण

| २०७८ चैत १० गते १८: ०४ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। 
अर्घाखाँची चैत १०- निर्मल नबज्योती सुस्त मनस्थिति केन्द्र अर्घाखाँचीको अनुरोध तथा आशा अपाङ्ग केन्द्रको गुल्मीको सहयोगमा अपाङ्गता भएका बालबालिका हरुलाइ सहयोगी सामाग्री हस्तान्तरण गरिएको छ।

सामाग्री हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक वडा न.१ का वडा अध्यक्ष युबराज बन्जाडे , केन्द्रका लेखापाल सुर्य प्रसाद श्रेष्ठ , फिल्ड सुपरभाइजर डम्बर गिरि, फिल्ड एसिसमेन्ट अमृत रसाइली , फिजियो थेरापिलिस्ट सुबास राई वडा न. १० का वडा सदस्य बिष्णु प्रसाद आचार्य , केन्द्रका पुर्ब संचालक समिति अध्यक्ष पदम भुसाल, संचालक समितिकि सदस्य निर्मला अधिकारी पुर्ब प्रअ उमा रिजाल समाजसेबि रिषब अधिकारी  पत्रकार महासंघका अध्यक्ष अशोक खनाल तथा विद्यार्थी का अबिभाबक हरुको उपस्थित रहेको थियो ।
 
आशा अपाङ्ग केन्द गुल्मीले अपाङ्ग लक्षित कार्यक्रम अन्तरगत साहायक सामाग्री हरु व्हिलचियर,वाकर, बैसाकी तथा सेतोडन्डी लगायतका सामाग्री हरु बितरण गरेको थियो ।
 
हस्तान्तरण कार्यक्रम संचालक समितिका अध्यक्ष लेसनारायण पराजुलीको अध्यक्षता प्रअ कमला भुसालको स्वागत मन्तब्य तथा कमला परियारको संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्