सन्धिखर्क १० तेस्रो मेयर कपको सेमिफाईनलमा प्रवेश

| २०७८ चैत १२ गते १६: ०० मा प्रकाशित

पिताम्बर थापा,सन्धिखर्क।सन्धिखर्क नगरपालिका द्वारा आयोजित तेस्रो वडा स्तरीय मेयर कप भलिवल प्रतियोगिताको दोश्रो दिनको क्वाटर फानल खेल सम्पन्न भएको छ। 

सन्धिखर्कको टुडी खेलमा आज देखि शुरु भएको प्रतियोगितामा दोश्रो दिन ८ टिम मात्र खेलेका छन् जसमा सन्धिखर्क ८ ,सन्धिखर्क ११, सन्धिखर्क १२ सन्धिखर्क २ सन्धिखर्क ७ सन्धिखर्क ४ ,सन्धिखर्क ९ र  सन्धिखर्क १० रहेका छन्। 

क्वाटर फाइनलको खेलमा सन्धिखर्क १० ले सन्धिखर्क ४ लाई २५-१७ र २५- १३ को सिधा सेटले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ। 

भोलि सेमीफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ।  मेयर कप भलिवल प्रतियोगिता २०७८ मा १० टिम सहभागी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्