किमडाँडामा महिला शसक्तिकरण तालिम सम्पन्न

| २०७८ चैत १२ गते १९: २५ मा प्रकाशित

कमला पाेख्रेल।सन्धिखर्क नगरपालिकाको वडा नम्वर ८ मा महिला शसक्तिकरण तालिम आज सम्पन्न भएको छ ।
 
तालिमको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपाकिलाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्धाटन गर्नु भएको हो । तालिमको उद्धाटन गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले महिला शसक्तिकरणका लागि सन्धिखर्क नगरपालिका लागि परेको बताउदै कृषि तथा अन्य व्यवसायबाट सबैलाई आत्मनिर्भर हुनेगरी काम गर्न सबैलाई आग्रह गर्नु भयो । 

वडा कार्यबहाक वडा अध्यक्ष नारायण अर्यालको अध्यक्षता, सदस्य देवी थापा भुसालको सञ्चालन र सदस्य कमला सुनारको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा जनता कृष्ण माविका प्रधनाध्यापक यम प्रसाद शर्मा , वडा सदस्.य कमल पराजुली, अधिबक्ता विजय केसी, पवित्रा भट्टराई , बोम बहादुर खत्री , प्राबिधिक हरिबहादुर बोहोरा, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार सागर महत  लागयतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्