नेकपा एमाले सन्धिखर्क १२ काे जनवर्गीय संगठनहरूकाे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस परित्याग गरि अनिल आचार्यकाे सपरिवार नेकपा एमाले प्रवेश

| २०७८ चैत १२ गते २०: ०० मा प्रकाशित

बसन्त श्रेष्ठ।सन्धिखर्क १२ लहरेबाझबाट नेपाली कांग्रेस परित्याग गरि कांग्रेस क्रियाशिल सदस्य अनिल आचार्य र सपरिवार नेकपा एमाले प्रवेश गरेका छन । कांग्रेसले ५ वर्षकाे अबधिमा जनताकाे काम नगरी अासेपासेहरूकाे मात्र काम गर्ने र अन्य जनतालाई सास्ति दिएका कारण अाफु नेकपा एमाले प्रवेश गरेका छन । 

 नेकपा एमाले सन्धिखर्क १२ काे जनवर्गीय संगठनहरूकाे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न सम्पन्न भएकाे छ । प्रकाश श्रेष्ठकाे अध्यक्षतामा युवा संघ, भुवन श्रेष्ठकाे अध्यक्षतामा युथ फाेर्स, सपना पाैडेलकाे अध्यक्षतामा अनेमसंघ संघ, बुद्दिबहादुर नेपालीकाे अध्यक्षतामा उत्पिडित जातीय मुक्ति माेर्चा,भेषराज बस्यालकाे अध्यक्षतामा किसान महासंघकाे गठन गरिएकाे छ ।

टोल टोलमा संगठन, घर घरमा एमाले जन भन्ने मूल नाराका साथ नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नं १२ को आयोजनामा पाटी कार्यालय झेडीमा  भएकाे कार्यक्रममा  नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठ, नगर कमिटि सदस्य तथा निर्वाचित वडा सदस्य नारायण बहादुर बस्याल, नगर कमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर, वडा कमिटि अध्यक्ष प्रकास श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल  वडा कमिटि उपसचिव हिरा बिसी, हरी श्रेष्ठ लगायतले सम्बाेधनगरी नेकपा एमालेकाे सूर्य चिन्ह सनपा १२ काे बिजय हुने चिन्ह भएकाे बताउनुभयाे ।

कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठले सन्धिखर्क १२ मा कांग्रेसका पाँच बर्षे कार्यकाल तानासाही र जनतालाई सास्ती मात्रै भएको बताउनुभयो । श्रेष्ठले जनप्रतिनिधी जनताको शासक भएपनि शोसकको रुपमा प्रस्तुत भएको भन्दै जनताले आसन्न स्थानीय तहको निर्वाचनमा त्यसको सहि मुल्यांकन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नगर कमिटि सदस्य नारायण बहादुर बस्यालले आगामी चुनावमा एमालेकाे वडाध्यक्ष देखि सबै पदमा नेकपा एमाले बिजयी हुने भएकाेले अहिलेदेखि लाग्न सबैलाई अपिल गर्नुभयाे । 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, नगरकमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर, वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल, सचिव बसन्त श्रेष्ठ, उपसचिव हरी श्रेष्ठ, उपसचिव हिरा बिसी, वडा कमिटि सदस्यहरु पार्वता श्रेष्ठ, धुर्व पौडेल, कमल पौडेल, रामबहादर पाण्डे, भिमबहादुर नेपाली, कृष्ण श्रेष्ठ, माया नेपाली, मिना नेपाली, ललिता नेपाली, मानबहादुर पाण्डे, नरबहादुर नेपाली, उजेला नेपाली लगायतले बोल्दै कांग्रेसले सन्धिखर्क १२ मा पराजयको मानसिकनले जनतालाई दुख दिने गलत प्रबृति देखाएको बताउनुभएको थियो ।
 
त्यस्तै कार्यक्रममा युवासंघ जिल्ला कमिटि सदस्य तथा युवा नेता श्यामकृष्ण श्रेष्ठ, अमृत श्रेष्ठ, टमकला नेपाली लगायतले मन्तव्य राख्दै एमाले प्रतिको देशव्यापी जनलहर श्रृजना भएकोले वडा, पालिका र संघ प्रदेशमा एमाले बिजयी हासिल हुने बक्ताहरुको भनाई थियो । कार्यक्रम पाटी सल्लाहकार काशिराम श्रेष्ठकाे अध्यक्षता, वडाकमिटि सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । एमालेले सबै टाेल टाेलमा संगठन बिस्तार र कार्यकर्ता भेटघाटलाई तिब्रता दिएकाे छ । अासन्न निवार्चनलाई लक्षित गरि आगामी चैत्र १३ गते देखि २५ गतेसम्म घरदैलाे अभियान सञ्चालन गर्दै छ । देशभर एमालेप्रतिका जनलहर फैलिएपछि कार्यकर्तामा समेत खुसीयाली छाएकाे छ ।बुलन्द न्युज

प्रतिक्रिया दिनुहोस्