सन्धिखर्क १० मा कांग्रेसको वडा कार्यालय स्थापना

| २०७८ चैत १२ गते २०: १३ मा प्रकाशित

कमला पाेख्रेल। सन्धिखर्क नगरपालिकाको वडा नम्बर १० मा नेपाली कांग्रेसको वडा कार्यालयकाे स्थापना  गरिएको छ । 

वडा कार्यालयकाे स्थापना गर्दै   नेपाली कांग्रेसका नगर सभापति बाबुराम भुसालले कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न सबैलाई अाग्रह गर्नु भयो । नगर सभापति भुसालले कांग्रेसको जित हुने देखेपछि एमालेहरु  अतालिएकाे बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति नारायण चुँदाली, प्रदेश प्रतिनिधि प्रेमनारायण आचार्य, नगर काेषाध्यक्ष केशवराज आचार्य, क्षेत्रीय प्रतिनिधि भेसबहादुर विसि, श्याम कुँवर ,कांग्रेसका नेताहरु कमल बिक,  देवकीनन्दन भुसाल , शिव कुवर, भुपाल सिंह रानाभाट, धर्म पाेख्रेल  लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रम वडा सभापति इश्वरी प्रसाद मरासिनीकाे अध्यक्षता , उपसभापति  मान बहादुर क्षेत्रीकाे स्वागत र सचिव बाबुराम मरासिनीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्