तेस्रो मेयर कप भलिवल प्रतियोगिता सम्पन्न: उपाधि सन्धिखर्क ११ लाई

| २०७८ चैत १३ गते १७: ३६ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्कमा वडा स्तरीय तेस्रो मेयर कप भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ।

नगर भित्रका १२ वटा वडाको सहभागिता रहेको प्रतियोगीतामा सन्धिखर्क ११ ले तेस्रो मेयर कप २०७८ को उपाधि जितेको छ भने सन्धिखर्क १० उपविजेता बनेको छ। 

आज भएको फाइनल खेलमा सन्धिखर्क १० सन्धिखर्क ११ विरुद्व १६- २५ ,२५- १३ ,२५- १९ को सिधा सेटले पराजि हुँदै प्रतियोगिताको उपविजेता बनेको हो।सन्धिखर्क २ ले तृतीय स्थान हाँसिल गरेको छ। 


प्रतियोगीतामा प्रथम हुनेलाई ४० हजार ,द्वितीय हुनेलाई २० हजार  र तृतीय हुनेलाई १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्