शितगंगा नगरपालिकाकाे प्रशासकीय भवनको उद्घाटन

| २०७८ चैत १४ गते २२: २० मा प्रकाशित

प्रेमनारायण आचार्य,अर्घाखाँची। 
१४ चैत - अर्घाखाँचीकाे शितगंगा नगरपालिकाको नवनिर्मित भवनका अाज एक कार्यक्रमका बिच उद्घाटन भएको छ । 

नवनिर्मित भवनको एक कार्यक्रमका बिच शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको हाे । भवनको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले उद्घाटन गरिएको प्रशासकीय भवनबाट एकद्वार प्रणालीमा सेवा प्रवाह गरिने बताएका छन् । उनले शितगंगाकाे विकासमा अाफुहरु लागि परेको बताउदै महर्षि पतञ्जलीकाे जन्म स्थान शितगंगामा रहेको पनि खाेज र अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो । 

भवन महादेव खिम्ती अन्जना पिटिअार जेभीले ४ कराेड १४ लाख ९८ हजार ठेक्का सम्झौतामा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र बेल्वासेले बताउनुभयो । शितगंगा नगरपालिकाका नगर उपप्रमुख टीका रेश्मीले जनताको मनाेभावना अनुसार अाफुहरुले काम गरेको जानकारी दिनुभयो । 
नगर प्रबक्ता दामोदर न्याैपाने, वडा अध्यक्ष हेमनाथ भुसाल , नेपाली कांग्रेसका नेता छबिलाल पाैडेल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष माधव प्रसाद पाैडेल, एकीकृत समाजवादीका नारायण शर्मा ,  राष्ट्रिय जनमाेर्चाका  रेशमराज बेल्वासे, नेकपा मालेका केदार बेल्वासे, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण अाचार्य , कलाकार खुमराज घिमिरे लगायतले मन्तब्य राख्नुभएको थियोे । 

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालको अध्यक्षता,  शिक्षा अधिकृझ  बिनाेद पाेख्रेलकाे स्वागत मन्तब्य र अधिकृत नुमलाल खनालको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्