सन्धिखर्कमा अर्गानिक फुड सप्लीमेन्ट्रीकाे उद्घाटन

| २०७८ चैत १४ गते २२: २६ मा प्रकाशित

प्रेमनारायण आचार्य।अर्घाखाँचीकाे सन्धिखर्कमा अर्गानिक डिभाइन ग्रुपकाे नवजीवन अर्गानिक फुड सप्लीमेन्ट्रीकाे समुद्घाटन भएको छ । 

अर्गानिक फुड सप्लीमेन्ट्रीकाे एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नु भएको हाे । 
मानिसहरुमा लाग्ने दिर्घ राेगहरुकाे अैषधी अर्गानिक फुड सप्लीमेन्ट्रीमा पाईने कम्पनीका कार्यकारी निर्देशक दिप्लप क्षेत्रीले जानकारी दिनु भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनाेद खनाल , डिभिजन बन अधिकृत इश्वरी प्रसाद पाैडेल, सन्धिखर्क नगरपालिका वडा नम्बर १ का अध्यक्ष  युवराज बन्जाडे,  ८ का कार्यबाहक  वडा अध्यक्ष नारायण प्रसाद अर्याल , लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रम कम्पनीका कार्यकारी निर्देशक दिप्लप क्षेत्रीकाे सभापतितब र शाखा प्रमुख  दिपक अधिकारीकाे स्वागत मन्तब्यमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्