ज्योति लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाद्वारा मृ'त्यु बीमा दाबी रकम ५ लाख ५२ हजार पाँच सय रुपैयाँ हस्तान्तरण

| २०७८ चैत १५ गते १४: ५४ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। ज्योति लाइफ इन्स्योरेन्स क. लि. ले बीमितका परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले सन्धिखर्क नगरपालिका वडा नं.३ बस्ने बीमित राम बहादुर रानाकि श्रीमति अनिता थापालाइ ५ लाख ५२ हजार पाँच सय रुपैयाँ बराबरको चक हस्तान्तरण गरेको हो । बिमित राम बहादुर रानाको कोरोना को कारण मृ'त्यु भएको थियो ।

उक्त चेक अर्घाखाँची शाखाका शाखा प्रमुख कृष्ण खनालले हस्तान्तरण गर्नु भएको थियो भने ३५ घातक रोगको उपचार खर्च दिने नेपालको एक मात्र बिमा कम्पनी ज्योती लाइफ रहेको ले सबैलाइ ज्योतिलाइफ इन्स्योरेन्स मा बिमा गर्न गराउनुहुन सबैमा अनुरोध समेत गर्न्नु भयो।

प्रतिक्रिया दिनुहोस्