सन्धिखर्कको ठुलढुङ्गामा दुग्ध उत्पादनको लागि व्यवसायिक भैँसी पालन आयोजनाको द्वीपक्षिय सम्झौता कार्यक्रम सम्पन्न (बिवरण सहित)

| २०७८ चैत १५ गते २०: २३ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका १० को ठुलढुङ्गा मा दुग्ध उत्पादनको लागि व्यवसायिक भैँसी पालन आयोजनाको द्वीपक्षिय सम्झौता कार्यक्रम आज सम्पन्न भएको छ। 

 भैँसी पालन आयोजनाको द्वीपक्षिय सम्झौता कार्यक्रम

नेपाल सरकार कृषि तथा पशुपंक्षि बिकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको उत्पादन मुलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग र चन्द्रा कृषि तथा पशुपंक्षि फर्म सन्धिखर्क नगरपालिका वडा नम्बर १० बीच स्वच्छ दुग्ध उत्पादनको लागि व्यवसायिक भैसी पालन उप आयोजना बीच निम्न अनुसार प्रथम रकमको द्वीपक्षिय सम्झौता सुनुवाई गरिएको छ। 

प्रथम किस्ता :-

१ ) पहिलो सार्वजनिक सुनुवाई 
२ )होडिंग बोर्ड 
३) गोठ निर्माण 
४ )कम्पोटाढ पिठ निर्माण 
५ )आहार भण्डार 
६)हिउँदे बर्षे घाँस खेति 
७ )अनुगमन 
८ )समिक्षा समेतको कार्यक्रमका लागि २०७८ जेष्ठ मसंता सम्ममा रु - १२ लाख ६२ हजार ५ सय ८२ रुपैंया खर्च गरिने 

दोश्रो किस्ता 

१ )उन्नत जातका गाई खरिद 
२ )च्यापकटर 
३ )मिल्क क्यान 
४ )काउम्पाट खरिद 
५ )दाना खरिद 
६ )पशु सेवा ,परजीवी ,नियन्त्रण खोच बिमा समेत सरसफाई र स्वच्छता समेतका कार्यक्रमहरु २०७९ भाद्र सम्म रु - ११ लाख ३७ हजार १ सय छपन्न रुपैना खर्च गरिने भएको छ। 

तेस्रो अन्तिम किस्ता 

१ ) दाना श्रम दिन 
२ )दुग्ध वितरण 
३ )परजीवी नियन्त्रण 
४ )अनुगमन 
५ )समिक्षा 
६ )लेखा व्यवस्थापन लेखा परिक्षण अन्तिम सार्वजनिक र सम्पूर्ण परियोजनाको काम सम्पन्न भईसकेपछि तेस्रो वा अन्तिम किस्ता रु २ लाख ख ४९ हजार २ सय छपन्न खर्च गरि योजना सम्पन्न  हुने बताईएको छ। 

परियोजनाको कुल लागत २,६४८,९९४  रहेको छ। परियोजनाको लागत ५० % र बाँकी ५० % मा बैंक वा वित्तीय संस्थाको ६० % ऋण सहयोग बाँकी ४० % सम्बन्धित ब्याक्तिहरुको स्वल लगानीबाट सम्पन्न गरिने बुझिएको छ। 

परियोजनाको लागत

उक्त द्वीपक्षिय सम्झौता कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मीनारायण ,चुंदाली,सन्धिखर्क ८ कि वडा सदस्य देवी थापा भुसाल ,अर्घाखाँची उधोग बाणिज्य संघ का बरिष्ठ उपाध्य्क्ष नेत्र  प्रसाद भुसाल ,अर्घाखाँची दुग्ध सहकारी संस्थाका अध्यक्ष चन्द्र प्रसाद बन्जाडे,प्राइम कमर्सियल बैंक सन्धिखर्क शाखा प्रमुख माधब खत्री ,कर्जा शाखा प्राइम बैंक का आकाश पोख्रेल ,खडानन्द भुसाल ,कृष्ण पाण्डे ,राजेन्द्र परियार ,तेज बहादुर थापा ,अर्घाखाँची बुलेटिनका प्रबन्धकयूव राज थापा ,निर्मला परियार ,अर्घाखाँची बुलेटिन का रिपोटर पिताम्बर थापा। लोक नाथ भुसाल ,दुर्गा बहादुर थापा ,दिपक भुसाल ,मुक्त बहादुर थापा माधब पाण्डे ,सिता पाण्डे लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रम चन्द्र प्रसाद बन्जाडेको संचालनमा र लक्ष्मी नारायण चुंदालीको अध्यक्षतामा सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्