कर्मचारीको विदाई कार्यक्रम सम्पन्न

| २०७८ चैत १६ गते २०: ४३ मा प्रकाशित

प्रेमनारायाण आचार्य। निजामती कर्मचचारीहरुको आधिकारी ट्रेड युनियन अर्घाखाँचीले विदाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीमा कार्यरत कार्यालय सहयोगी खोपलाल पाण्डेको एक कार्यक्रम बीच विदाई गरेको हो ।

२०४६ साल देखि यसै जिल्लालाई कर्मथलो बनाएर कार्यरत रहदै आउनु भएका पाण्डेको महेशपुर भन्सार कार्यालय, नवलपरासीमा सरुवा भएको हो । विदाई र स्वागत कार्यक्रम उच्च पदस्थ कर्मचारीहरुको मात्र हुँदै आएकोमा यसरी श्रेणी विहीन कार्यालय सहयोगी कर्मचारीहरुलाई पनि आधिकारिक ट्रेड युनियनले बोलाई बोलाई बिदाई गरेकोमा आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, अर्घाखाँचीलाई विदाई भएर जान लाग्नु भएका खोपलाल पाण्डेले विशेष धन्यवाद तथा खुशी व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका सदस्य लालमणि खनाल, नेपाल निजामती कर्मचारी युनियनका जिल्ला सचिव अर्जुन रेग्मी, केन्द्रीय प्रतिनिधी योगेश पन्थी, सदस्य जगदीश पाण्डे र करार तथा ज्यालादरीका लुम्बिनी प्रदेश उपाध्यक्ष सुदीप जि.सी. लगायतको उपस्थिती रहेको थियो । विदाई कार्यक्रम आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, खोपलाल पाण्डेयको आथित्यता र सदस्य नारायण प्रसाद दमासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्