स्थानिय निर्वाचनमा सन्धिखर्क ११ को वडा अध्यक्षमा दुर्गा प्र.खनालले स्वतन्त्र उम्मेदवारी दिने

| २०७८ चैत १८ गते १५: २९ मा प्रकाशित

हार्दिक अपिल

सन्धिखर्क। आसन्न स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिका वार्ड न ११ बाट वडा अध्यक्षमा म आफू  स्वतन्त्र चुनाब लड्ने योजना रहेको छ ।

एक दशक जिल्ला स्तरमा रहेर बिध्यार्थी राजनीतिमा सक्रिय भै अध्यन अध्यापनमा पनि  रहेको थिए। थप अध्यन तथा   ब्यबसायको सिलसिलामा केही समय बाहिर जिल्ला रहेपनी आफ्नो नगर र वडाको भए गएका गतिबिधी नजिक बाट चासो राख्दै आएको छु। अब आगामी दिनमा आफ्नै गाउमै रहेर गाउको सेवागर्ने तीब्र चाहना रहेकोले आफुलाइ वडा अध्यक्षको उम्मेदवारमा प्रस्तुत गर्दै छु  । 

आफू वडामा उम्मेदवार भई निर्वाचित भएको अवस्थामा सन्धिखर्क नगर पालिका  वडा.न: ११ लाई सुशासन सहितको विकाशको बाटोमा अगाडी बढाउने तथा यस क्षेत्रको विकासलाई वृद्धि गर्दै समुन्नत वडा बनाउने कार्य योजना अगाडि बढाउने प्रतिज्ञा गर्दछु।

 हाम्रो वडामा “अनेकन व्यथित छन्, आवश्यक कानुनहरू अझै निर्माण हुन सकेको छैन, वडालाई चिनाउने गरी काम हुन सकेको छैन, दलिय द्वन्द्वमा वडा अलमलिएको छ, आर्थिक पारदर्शिता छैन, यी लगायत यावत समस्या समाधानका लागि पनि वडा अध्यक्षमा मेरो उम्मेदवारी रहने” छ। मेरो उम्मेदवारी कमिसन 

तन्त्र र भ्रस्टाचार न्युनी करण आफ्नो वडाको स्मार्ट बिकास सुसाशन युक्त प्रशासनिक सेवा र प्रवाहको लागि हुने छ। मेरो उम्मेदवारीको अर्को महत्वपूर्ण पक्ष सम्पुर्ण युवा प्रतिनिधित्व र बिकाशमा युबा सहभागिता पनि हो।यस पछाडिका अन्य  योजना तथा रणनीति बारे प्रचारात्मक अभियानको क्रममा वडा बासिलाई अबगत गराउदै जाने छु। हो।

मेरा वडाबासी सबैबाट साथ सहयोग सुझाव  र मार्गदर्शन पाउने छु भन्ने बिश्वास पनि लिएको छु।विकास चाहनेहरू समुर्णलाइ  एकजुट हुन आग्रह गर्दछु।यो लेख दुर्गा प्रसाद खनालको फेसबुक वाल बाट जस्ताको तस्तै साभार गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्