स्व. बुद्धि रायमाझी स्मृति कप २०७८ को नगर स्तरीय भलीबल प्रतीयोगीताको उपाधि सन्धिखर्क १० लाई

| २०७८ चैत १९ गते १७: ०० मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क। स्व. स्वर्गीय बुद्धि रायमाझी स्मृति कप २०७८ नगर स्तरीय भलीबल प्रतीयोगीताको उपाधि सन्धिखर्क १० ले जितेको छ। 

सन्धिखर्क २ संगको प्रतिस्पर्धात्मक फाइनल खेलमा सन्धिखर्क १० ले सन्धिखर्क २ लाई ३- २ को सेटले पराजित गर्दै पहिलो स्वर्गीय बुद्धि रायमाझी स्मृति कप हात पार्न सफल भएको हो। त्यसै गरि सन्धिखर्क २ द्वितीय र सन्धिखर्क ६ ले तृतीय स्थान हाँसिल गरेको छ। 

उक्त प्रतियोगिताको आयोजक सन्धिखर्क नगरपालिका वडा नम्बर २ रहेको थियो भने खेलको व्यवस्थापन मन्जरी युवा क्लब सन्धिखर्क २ कुरले गरेको थियो। 

प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार नगद ,मेडल ,प्रमाण पत्र द्वितीय स्थान हाँसिल गर्नेलाई १० हजार प्रमाणपत्र ,मेडल र तृतीय हुने टिमलाई ५ हजार र प्रमाण पत्र मेडल प्रधान गरिएको थियो । 

पुरस्कार सन्धिखर्क २ का वडा अधक्ष्य मोति जंग रायमाझी ,वडा सदस्य,र समाजसेवी बिजुला रायमाझीको हात बाट वितरण गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस्