सन्धिखर्क वडा नं २ मा विभिन्न पार्टीबाट १८ जना माओवादी केन्द्रमा प्रवेश

| २०७८ चैत २२ गते १४: ३० मा प्रकाशित

अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा नं २ वडा कमिटिद्वारा आयाेजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा जे.क.पा एमाले बाट ८ जना , नेपाली कांग्रेसबाट ६ जना र राष्ट्रिय जनमाेर्चाबाट ४ जना गरि १८ जनाले जनताकाे भावना र विचारमा प्रत्यक्ष साथ सहयाेग गर्ने पार्टी ने.क.पा माओवादी केन्द्र मात्र रहेकाे भन्दै उत्साहित हुँदै माओवादी केन्द्र मा प्रवेश गरेका थिय ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शुसिला सिर्पाली ठकुरि ले देशमा जुन सुकै राजनिती दल रहेता पनि सबैकाे नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड भएकाे जिकिर गर्दै अवकाे अर्जुन दृष्टि बैशाख ३० गते भएकाे हुदा आम नेता कार्यकर्ता चुनावमा हाेमिन अनुराेध गरेकि थिईन । 

 त्यसैगरि पार्टी प्रवश गर्नेहरुकाे तर्फवाट करिव १४ वर्ष ने.क.पा एमालेकाे सक्रिय कार्यकर्ता रहेर काम गर्दै आएका रामु परियार ले देशमा विभिन्न कालखण्डमा माओवादीले  गरेकाे परिवर्तनकाे उच्च प्रसंसा गर्दै आफू माओवादी केन्द्रमा प्रवेश गरेकाे बताएका थिय । त्यसैगरि राष्ट्रिय जनमाेर्चामा रहेर काम गर्दै आएका प्रदिप नेपाली ले माओवादी सबैकाे भावना र मर्म अनुसार काम गरेकाे हुनाले आफुले पार्टि प्रवेश गरेकाे बताएका थिय ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज ठाकुर कुमार वि. क काे विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला संयाेजक राजेन्द्र भुसाल, लुम्बिनी प्रदेश सदस्य कमला भण्डारी ,शारदा खनाल, राधा नेपाली, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष युवराज भुसाल, सन्धिखर्क नगर कमिटि सहसचिव काजिमान रायमाझी, नगर कमिटि सदस्य विष्णु ढुंगाना , प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य अशाेक खनाल, जिल्ला सचिव वसन्त वि.क लगायतकाे आतिथ्यतामा वडा कमिटी अध्यक्ष रामु के.सी काे अध्यक्षता तथा वडा कमिटी सचिव श्याम वहादुर थापाकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्