मेलमिलाप बिषयक दुई दिबसिय पुनरताजगी तालिम सन्धिखर्कमा उद्घाटन

| २०७८ चैत २२ गते १४: ४४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।सन्धिखर्क नगरपालिका न्यायीक समिति अर्घाखाँची द्वारा मेलमिलाप बिषयक दुई दिबसिय पुनरताजगी तालिमको एक कार्यक्रमका बिच उदघाटन सम्पन्न भएको छ् ।
 
सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा जिल्ला न्यायाधीश बासुदेब न्यौपाने , श्रेस्तेदार महेश खनाल , निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल , न्यायीक समितिका सदस्य प्रीतम थापा , आशा परियार वडा अध्यक्षहरु वडा सचिवहरु सन्धिखर्क नगरपालिका स्थित सम्पुर्ण वडाका सुचिकृत मेलमिलाप सहजकर्ता पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो 

दुई दिबसिय तालिमको सहजीकरण जिल्ला न्यायाधीश बासुदेब न्यौपाने तथा श्रेस्तेदार महेश खनालले गर्नु हुने कार्यक्रम रहेको सन्धिखर्क नगरपालिका न्यायिक शाखाका  प्रमुख जिबनारायण आचार्यले बताउनु भएको छ ।

सन्धिखर्क नगरपालिका न्यायीक समितिका संयोजक नगर उपप्रमुख ठाकुर कुमार बिक को अध्यक्षता मा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल  र संचालन अधिकृत जिबनारायण आचार्यले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्