टाेप वहादुर रायमाझीकाे गृह वार्डमा उर्लियाे माओवादी केन्द्र : ७६ जनाकाे वाई.सि.एल वडा कमिटि गठन

| २०७८ चैत २४ गते १३: २४ मा प्रकाशित

सन्धिखर्क। पुर्व मन्त्री टाेप वहादुर रायमाझी पछिल्लो समयमा ने.क.पा एमाले मा गए पछि उनकाे गृह वार्ड सन्धिखर्क नगरपालिका वडा नं ९ मा ने.क.पा (माओवादी केन्द्र) झन बलियाे भएकाे छ । 

आज ने.क.पा (माओवादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा नं ९ द्वारा आयाेजित अर्घा मैदानमा भेला तथा वाई.सि.एल नेपालकाे वडा कमिटि गठन गर्ने क्रममा ३०० जनाकाे उत्साहपुर्ण उपस्थिति रहेकाे थियाे । भेलाले नारायण वि.क संयाेजक र अन्य सदस्यहरु गरि ७६ सदस्यीय वाई.सि.एल वडा कमिटि गठन गरिएकाे थियाे । 

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शुसिला सिर्पाली ठकुरीले आफ्नै सरकार ढालेर संविधान माथि कु गर्ने केपि वलि पतनकाे बाटाे राजेका छन  भने उनैकाे पार्टिमा प्रवेश गर्ने टाेप वहादुर रायमाझीले पनि गलत बाटाे राेजेकाे हुदा अवकाे चुनावमा अर्घाखाँचीवाट चुनाव हार्ने निश्चित भएकाे पनि बताउनु बताएकि थिईन। साथै माओवादीले लिएकाे परिवर्तनका कारण आजका दिनहरुमा महिला तथा दलित समुदायहरुले आफ्ना हक अधिकारहरु खाेज्न सक्ने भएकाे समेत बताएकि थिईन ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज ठाकुर कुमार वि.क, अतिथिहरु प्रदेश कमिटि सदस्य तथा जिल्ला संयाेजक राजेन्द्र भुसाल, प्रदेश कमिटि सदस्य कमला भण्डारी भुसाल,प्रदेश कमिटि सदस्य देवि वहादुर रायमाझी, प्रदेश कमिटि सदस्य शारदा खनाल वि.क, वाई.सि.एल केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज एवं पार्टी प्रदेश कमिटि सदस्य कृष्ण शारु, सन्धिखर्क नगर कमिटि अध्यक्ष कृष्णहरि भुसाल, सह सचिव काजीमान रायमाझी, नगर कमिटि सदस्यहरु, वडा कमिटि सदस्यहरु लगायतकाे उपस्थिति तथा वडा कमिटि अध्यक्ष बेदुराम भुसाल काे अध्यक्षता र वडा कमिटि सचिव बसन्त कुमार वि.क काे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्