जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा बिपत सग सम्बन्धित कृर्तिम घटना अभ्यास तथा तालीम

| २०७८ चैत २४ गते १८: ०० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।जील्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा बिपत सग सम्बन्धित कृर्तिम घटना अभ्यास तथा तालीम एक कार्यक्रमक बिच सम्पन्न भएको छ।
 
सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकको प्रमुख आतिथ्यतामा शुरु गरिएको कृतिम अभ्यास तथा तालिममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु  विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि स्थानीय जनसमुदाय तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
 कार्यक्रममा आगोलागी  नियन्त्रण त्यस्को रोकथाम जनप्रतिनिधि हरुको भुमिका शुरक्षाकर्मी रेडक्रस , एम्बुलेन्स तथा दमकल हरुको माध्यम बाट आगो नियन्त्रण ,ग्यास रेगुलेटर बाट निस्कने आगोलाई कसरी नियन्त्रण गर्ने भन्ने डेमो पर्द्शन गरिएको थियो। 

कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षता साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्