बाख्रा पालनबाट मनग्गे आम्दानी गर्न सकिन्छ : नगर उपप्रमुख ठाकुर कुमार वि.क

| २०७८ चैत २४ गते २३: १८ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिका वाड नं ११ चाैतारा दलित बस्तीमा बाख्रा वितरण कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा उपस्थिति भएका सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार वि.क ले बाख्रा पालनबाट मनग्ये आम्दानि हुने कुरा बताएका हुन ।

 लुम्बिनी प्रदेश सरकारबाट चाैतारा दलित वस्ति बाख्रा पालन कार्यक्रमका लागि विनियाेजित रकम रु ५ लाख अन्तरगत साेहि ठाउँमा रहेका ३८ घर दलित परिवारहरुलाई आज औपचारिक कार्यक्रमका विच बाख्रा वितण गरिएकाे थियाे । कार्यक्रममा उपप्रमुख वि.क ले चाैतारा बासिहरुकाे विशेष माग भएकाे हुदा आफुले प्रदेश सरकार संग विशेष पहल गरेर उक्त बजेट परेकाे बताएका थिय साथै आगामि दिनहरुमा पनि चाैतारा वासिहरुकाे विकासका लागि कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका थिय ।

बाख्रा वितण

त्यसैगरि कार्यक्रमका बिशिस्ट अतिथि वडा नं ११ का वडा अध्यक्ष धुर्व आचार्यले कुनै बादविवाद नगरि स्वच्छ तरिकाले बाख्रा वितरण गर्ने र उक्त बाख्राकाे प्रतिफल देखिने गरि बाख्रा पालन गर्नु पर्ने बताएका थिए। 

वाड नं ११ चाैतारा दलित बस्तीमा बाख्रा वितरण

कार्यक्रममा सन्धिखर्क पशु शाखाका प्रतिनिधि बुद्धि गाैतम, स्थानीय स्तरका विभिन्न राजनिती दलका प्रतिनिधि,समाजसेवी बुद्धिजीवी , स्थानिय समुदायहरु लगायतकाे उपस्थिति र उक्त बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष मदन नेपालीकाे अध्यक्ष तथा वडा सचिव पुस्करनाथ आचार्यकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्