स्थानीय निर्बाचन २०७८ को आचार संहिता कार्यान्वयन सम्बन्धमा सरोकारहरु बिच बैठक अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ बैशाख १४ गते १४: ०० मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।स्थानीय निर्बाचन २०७८को  आचार संहिता कार्यान्वयन सम्बन्धमा सरोकार हरु बिच बैठक अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ।
 
जिल्ला निर्बाचन संयोजक  मुख्य निर्बाचन अधिकृत  जिल्ला न्यायाधीश बासुदेब न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे , जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु जिल्लामा क्रीयाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि जिल्ला स्थित सम्पुर्ण स्थानीयतहका निर्बाचन अधिकृतहरु  तथा पत्रकार महासंघको उपस्थित रहेको थियो ।

बैठकमा जिल्ला निर्बाचन कार्यलय अर्घाखाँचीका कार्यलय  प्रमुख शुरेश भन्डारीले राजनितिक दल, उम्मेदवार तथा दलका भातृ  संघ सङठनले पालना गर्नु पर्ने आचार संहिता सम्बधी निर्बाचन आयोगको परिपत्र प्रस्तुत गरेका गरेका थिए 
 
बैठकले निर्बाचन आचार संहिता बिपरित गरिने कुनै पनि गतिविधि लाई निरुत्साहित गर्ने , जफत  तथा नियन्त्रणमा लिइएका  साधन तथा सामाग्री हरुलाइ निर्बाचन अबधिभर शुरक्षा निकायको नियन्त्रणमा राखिने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्