किमडाँडामा एमालेका चुनावी सभाहरू सम्पन्न

| २०७९ बैशाख १४ गते २१: ३७ मा प्रकाशित

अर्जुन भुसाल ,अर्घाखाँची । नेकपा एमालेकाे तर्फबाट सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ र उपमेयर पदका उम्मेदवार मिश्रा आचार्यले सन्धिखर्क ८ किमडाँडाका विभिन्न ठाउँहरूमा चुनावी सभा सम्पन्न गर्नुभएकाे छ । मेयर, उपमेयरले किमडाँडाबाट  अभियानकाे सुरूवात गर्नुभएकाे हाे  । 

किमडाँडाकाे गाँजरी, लम्लमे, गाेलखाडाँ, खाँपडाँडा, खाल, र शिवालय चाेकमा  मेयर,उपमेयरले वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरूकाे साथमा चुनावी सभाहरू सम्पन्न गर्नु भएकाे हाे ।  एमालेले सन्धिखर्क ८ मा  नारायण अर्याललाई अध्यक्ष, महिला सदस्यमा डाली खत्री, दलित महिला सदस्यमा कमला सुनार, खुल्ला सदस्यमा कृष्णप्रसाद पराजुली र कृष्णबहादुर थापालाई उम्मेदवार बनाएकाे छ ।  

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझीकाे प्रमुख  अातिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी प्रदेश सदस्य भरतमणि पाैडेल,  जिल्ला सदस्य तथा नगर इन्चार्ज युवराज श्रेष्ठ, जिल्ला सदस्य कमल भट्टराई, जिल्ला सदस्य तथा वडा सहजकर्ता देवी थापा भसाल, जिल्ला सदस्य तथा अनेम संघ अध्यक्ष दीपा अाचार्य, जिल्ला सदस्यहरू सुष्मा श्रेष्ठ, प्रदिप नेपाली, सदरमुकाम विशेष इलाका कमिटी सदस्य तथा  प्रदेश प्रचार विभाग सदस्य अर्जुन भुसाल, नगर कमिटी सचिवालय सदस्य तथा वडा इन्चार्ज धर्मराज पराजुली, नगर सदस्यहरू तुल्सी भुसाल, यमबहादुर जिसी  लगायतकाे अातिथ्यता थियाे । 
कार्यक्रमहरूमा बाेल्दै प्रमुख अतिथि रायमाझीले एमालेकाे नीति र नेतृत्वले नै देशले निकास पाउने बताउनुभयाे । 

 मेयर पदका उम्मेदवार श्रेष्ठले एमालेकाे जित सुनिश्चित भएकाे दावी गर्नुभयाे । उहाँले एमालेका उम्मेदवारहरूकाे विजयीले मात्रै विकास समृद्धि संभव हुने बताउनुभयाे । उहाँले अाफू सहितका सम्पूर्ण उम्मेदवारहरूकाे  विजयीले नै नमूना नगर निर्माणकाे परिकल्पना साकार हुने बताउनुभयाे । उहाँले व्यवसायीक कृषिमार्फत  बेरोजगारी समस्याको हल गर्ने बताउनुभयो ।

 श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माणकाे क्षेत्रमा उल्लेख्य काम गरिने बताउनुभयो । उपमेयर अाचार्यले एमाले नेतृत्वकाे सरकारले गरेका लाेकप्रिय तथा दीर्घकालीन महत्त्वका कामले नै एमाले प्रतिकाे अाकर्षण बढेकाे बताउनुभयाे । वडा अध्यक्ष पदका उम्मेदवार अर्यालले एमालेकाे बलियाे संगठन, सक्षम उम्मेदवार  र लाेकप्रिय कामका अाधारमा जित सुनिश्चित रहेकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्