नगरको चौतर्फी बिकासको निम्ति हामीलाई रोज्नुहोस : कृष्ण श्रेष्ठ

| २०७९ बैशाख १४ गते २१: ४८ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची।नेकपा एमालेले सन्धिखर्क-८ को विभिन्न ठाउँमा जन भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

एमालेको तर्फबाट नगर पालिकामा प्रत्यासि उम्मेदवार सहितको टोलिले किमडांडाको टोलटोलमा पुगेर कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य लक्ष्मण रायमाझीको प्रमुख अतिथ्यतामा सम्पन्नता भएको थियो । 

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता तथा नगर प्रमुखका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्कको चौतर्फी बिकासको निम्ति आफ्नो टिमलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले सन्धिखर्क नगरपालिकालाई हराभरा र सुन्दर बनाउने प्रतिबद्धता जनाउदै पुर्वाधार बिकासमा जोडदिने बताउनु भयो ।
उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत भैसकेका श्रेष्ठले स्थानीय क्षेत्रमा स्वरोजगारका कार्यक्रम संचालन गरि युवाहरुलाई आत्म निर्भर बनाउने समेत दावी गर्नुभयो ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार मिश्रा आचार्य,वडा अध्यक्षका उम्मेदवार नारायण अर्याल लगायतका वक्ताहरूले मन्तव्य राख्दै चुनावमा नेकपा एमालेको पक्षमा  मतदान गर्न आग्रह  गर्नुभयो । एमाले भ‍ोलि सन्धिखर्क-९ को विभिन्न टोलहरुमा कार्यक्रम गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्