संयुक्त गठबन्धन सन्धिखर्कद्वारा चुनावी प्रचार प्रसार जारि : नगर भित्र रहेको बेरोजगारीलाई निर्मुल पार्छु :भण्डारी

| २०७९ बैशाख १४ गते २२: १३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। संयुक्त गठबन्धन सन्धिखर्कद्वारा  चुनावी प्रचार प्रसारको क्रममा नगरप्रमुखका उम्मेदवार  शान्ता भन्डारी नगर उपप्रमुखका उम्मेदवार राजेन्द्र भुसाल वडा अध्यक्ष सहित वडा सदस्यको टोलि सहित सन्धिखर्क नगरपालिका वडा न.९ र वडा न. १ को विभिन्न टोलमा घरदैलो तथा कोण सभाको कार्यक्रम सम्पन्न भएको छ।

घरदैलो कार्यक्रममा शान्ता भण्डारीले नगर भित्र रहेको बेरोजगारीलाई निर्मुल पार्ने बताउनु भएको छ। साथै पालिका भित्र  रोजगारमुलक तालिम हरु संचालन गरि रोजगारी सिर्जना गर्ने बताउनु भएको छ। अर्घाखाँची भरका सम्पूर्ण महिला दिदिबहिनि हरुलाई हक अधिकारको सुनश्चित पार्ने र निर्णायक तहमा पुर्याउन बिशेष पहल गर्ने बताउनुभएको छ। 

प्रतिक्रिया दिनुहोस्