नेकपा माओबादी केन्द्र सन्धिखर्क १० मा वाईसिएल वडा कमिटिको भेला सम्पन्न :अध्यक्षमा बिनोद थापा

| २०७९ बैशाख १४ गते २२: ३६ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क। नेकपा माओबादी केन्द्र सन्धिखर्क १० को  वाईसिएल वडा कमिटि भेला तथा चुनावी प्रचार प्रसार कार्यक्रम आज  देखि शुरु भएको छ। 

प्रमुख अथिति गठबन्धन पार्टी(माओबादि ) केन्द्रका वडा अध्यक्ष उम्मेदवार मोहन सिंह ठकुरीको रहेको थियो भने कार्यक्रमको अध्यक्षता बिष्णु चुँदालीको रहेको थियो।

वडा कमिटि भेला 

साथै विशिष्ट अथिति वाईसिएल जिल्ला कमिटि सदस्य यूवराज थापा लगायतका ब्याक्तित्वहरुको उपस्थितिमा वाइसिएल कमिटिको भेलाले निम्न अनुसार वडा कमिटि गठन गरेको छ। 

अध्यक्ष - बिनोद थापा ( ख)
उपाध्यक्ष - संजय आचार्य 
सचिव - लक्षमण चुँदालि 
स - सचिव - दिपक थापा 
कोषाध्यक्ष- सुरज आचार्य 
सदस्य - बलराम मरासिनी 
पवन खड्का 
सन्तोष भट्टराई 
 बाबुराम थापा 
डाल बहादुर थापा रहेका छन्। 

भेलामा झन्डै १५० जना सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रम बिनोद थापाको संचालनमा सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्